गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गएका ‘इनफ इज इनफ’ अभियानका ५ अभियन्ता पक्राउ परेका छन्।
उनीहरुलाई गृह मन्त्रालयबाटै पक्राउ गरिएको अभियानले जनाएको छ। पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठलगायत छन्।
पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको र उनीहरुले सोही स्थानबाट अनसनको घोषणा गरेका विवेकशील नेपाली दलका आलोक सुबेदीले बताएका छन्।
पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै अभियानका दुईजना अभियन्ता ‘ई’ र समाइरा श्रेष्ठले १२ दिनदेखि वसन्तपुरमा अनसनरत छन्। उनीहरुकाे याे दाेस्राे चरणकाे अनसन हाे। यसअघिकाे सत्याग्रहका क्रममा सरकारसँग गरिएकाे सम्झाैता कार्यान्वयन नभएकाे भन्दै उनीहरु अनसन बसेका हुन्।
अभियन्ताहरुले स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव लगायत विरुद्ध अख्तियारमा उजुरीसमेत दिएका छन्।
Shares
प्रतिक्रिया