हङकङको स्वतत्रता खोसिनुमा जिम्मेवार ठहर्याउँदै अमेरिकाले लाममाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको हो।
यसअघि हङकङको स्वतन्त्रता खोस्न चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुले भूमिका खेलेको भन्दै अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यहरुमाथि पनि प्रतिबन्ध लगाएको थियो।
शहरको स्वतन्त्रता, अभिव्यक्तिको आधार र लोकतान्त्रित प्रणालीलाई खोस्दै लामले चिनियाँ नीति अबलम्ब गरेको अमेरिकी ठहर छ।
यूएस ट्रिजरी डिपार्टमेन्टका अनुसार गत वर्ष लामकै सक्रियतामा हङकङमा सुपुर्दगी विधेयक संसदमा पेश भएको थियो। तर चर्को विरोध र हिंस्रक आन्दोलनबीच उक्त विधेयक पास भएन।
तर हालैमात्र चीनले हङकङका लागि नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेको छ। जसलाई लामले पूर्ण रुपमा समर्थन गरेकी छिन्।
लामले यस कानुनले देशमा आतंकवाद नियन्त्रण हुने बताएकी छिन्। कानुनअनुसार हङकङमा चीनविरोधी गतिविधि गर्न पाइनेछैन।
यसै कानुनलाई लिएर यतिबेला अमेरिका, बेलायत, जापानजस्ता मूलुकहरु चीनसँग भड्किएका छन्। चीनले नयाँ कानुन लागू गरेर एक देश दुई प्रणालीको सिद्धान्तलाई कुल्चिएको यी देशहरुको ठहर छ। एजेन्सी
Shares
प्रतिक्रिया