ad ad

राजनीति


राम जन्मभूमिबारे बुझ्न प्रधानमन्त्रीले भेटे अयोध्यापुरीको प्रतिनिधिमण्डल

राम जन्मभूमिबारे बुझ्न प्रधानमन्त्रीले भेटे अयोध्यापुरीको प्रतिनिधिमण्डल

नेपालखबर
साउन २४, २०७७ शनिबार १४:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी नगरपालिकाका प्रतिनिधिमण्डलसँग भेट गरेका छन्।

साविकको अयोध्यापुरीमा पर्ने सो ठाउँबाट काठमाडौं आएका प्रतिनिधिहरुसँग ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भेट गरेका हुन्।

प्रधानमन्त्री ओलीले पौराणिक पात्र श्रीरामको जन्मस्थल नेपालकै अयोध्यापुरीमा भएको र भारतमा रहेको अयोध्या त्यहाँ पछि विकास गरिएको भनी केहि सातापहिले बताएका थिए।

प्रधानमन्त्रीको सो धारणा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री जस्तो व्यक्तिले पौराणिक विषयम पर्याप्त अध्ययन नगरी बोलेको भनी आलोचना भइरहेका बेला अयोध्यापुरीबाट आएका प्रतिनिधिसँग भेटघाट भएको हो।

अयोध्यापुरीका प्रतिनिधिसँग छलफलका क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलसमेत उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .