भारतस्थित चिनियाँ दूतावासका प्रवक्ताले बुधबार ट्वीटमा ‘भारतले सीमा मुद्दा जटिल बनाउँदैन भन्नेमा चीनलाई विश्वास’ रहेको बताएका छन्।
प्रवक्ता जि रोङले भनेका छन्,‘चीनको यो विश्वास छ कि भारत सीमा अवस्था जटिल बनाउने कुनैपनि कार्यबाट टाढा रहनेछ र यसले सीमा क्षेत्रहरुमा शान्ति र स्थायित्व कायम गर्न र द्विपक्षीय सम्बन्धको स्वस्थ विकासका लागि अनुकूल परिस्थिति सिर्जना गर्नेछ।’
भारतीय स्रोतहरुले चीन र भारतबीच सीमा क्षेत्रमा विवाद लामो समय जारी रहने विश्लेषण गरेपछि चीनको पछिल्लो प्रतिक्रिया आएको हो।
It is hoped that the #Indian side can meet the #Chinese side halfway, refrain from any actions that will complicate the border situation, and create favorable conditions for maintaining peace and stability in the border areas and healthy development of bilateral relations. pic.twitter.com/btrlwNF3tf
— Ji Rong (@ChinaSpox_India) August 12, 2020हाल चीन र भारतका सेना तथा कुटनीतिक सन्जालबाट विवाद साम्य गर्ने हिसाबले वार्ता जारी छ।
गत जुन १५ मा विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाका मृत्यु भएको थियो।
त्यसयता भारत र चीनबीचको भूराजनीतिक विवाद चर्कँदै गएको छ। एजेन्सी
Shares
प्रतिक्रिया