ad ad

राजनीति


प्रदेश १ सरकारले आइसोलेसन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख

प्रदेश १ सरकारले आइसोलेसन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख

नेपालखबर
साउन २९, २०७७ बिहिबार ९:४१,

प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ।

आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका प्रदेश सरकारले स्थानीय तह र अस्पताललाई १ करोड ६० लाख रकम उपलब्ध गराएको हो। त्यस्तै ११ वटा जिल्ला अस्पताललाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको हो।

प्रदेश स्तरीय सीसीएमसीले केही दिन अगाडि मात्र थप आइसोलेसन बेडहरुको व्यवस्था गर्न निर्णय गरेको थियो। प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ।

रंगेली नगरपालिका–७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेसन बनाउन १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि। जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन १० लाख, बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेसनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।

त्यस्तै ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ।

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ। त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .