भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीस्थित लालकिलामा शनिबार बिहान देशवासीलाई सम्बोधन गर्दै मोदीले भने,‘भारतले एकपटक जे गर्ने निर्णय गर्छ त्यो गरेर देखाउँछ। हाम्रा देशका युवाको क्षमता असिम छ।’
सो क्रममा मोदीले भारतले ३ वटा कोरोनाविरुद्धको खोप बनाउने दाबी गरे।
प्राकृतिक सम्पदाले भरिपूर्ण भारत आत्मनिर्भर हुनुपर्ने भन्दै मोदीले विश्व अर्थव्यवस्थामा भारतले योगदान बढाउने जिकिर गरे। एजेन्सी
प्रतिक्रिया