प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे कांग्रेसमा अव युवा पुस्ताबाट सभापति बन्ने बताएका छन्।
कांग्रेका युवा नेता घिमिरेले भने यो समय पुस्तान्तरणको भएको बताउँदै नयाँ पुस्ताबाट सभापति हुने दावी गरेका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै घिमिरेले लोकतन्त्र जोगाएर देश र जनताको कल्याण गर्नका लागि युवा पुस्ता नेतृत्वमा आउनुपर्ने बताए। उनले पुस्ता हस्तान्तरणले मात्रै नपुग्ने भन्दै समयकोम ागलाई सम्बोधन गर्नका लागि पुस्तान्तरण आवश्यक रहेको बताए।
‘अबको नेपाली कांग्रेसको सभापति नयाँ पुस्ता बाट हुन्छ। यो समयको माग हो। हामीलाई पद चाहिएको छैन। यस विषयमा छलफल जारी छ’, कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले भनेका छन्, ‘पुस्तान्तरण समयको माग हो, हस्तान्तरणले पुग्दैन। लोकतन्त्र जोगाएर देश र जनताको कल्याण गर्ने अर्को कुनै बाटो छैन।’
— Gururaj Ghimire (@ghimire_gururaj) August 14, 2020अबको नेपाली कांग्रेसको सभापति नयाँ पुस्ता बाट हुन्छ।यो समयको माग हो। हामीलाई पद चाहिएको छैन।यस विषयमा छलफल जारी छ। पुस्तान्तरण समयको माग हो, हस्तान्तरणले पुग्दैन। लोकतन्त्र जोगाएर देश र जनताको कल्याण गर्ने अर्को कुनैं बाटो छैन।
कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको विषयमा बहस सुरु भएको छ। कांग्रेसका युवा नेता गगनकुमार थापाले त आफूले सभापतिमा उम्मेदार दिने बताउँदै आएका छन् भने सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला सभापतिमा आकांक्षी देखिएका छन्।
प्रतिक्रिया