ad ad

राजनीति


नेकपा सचिवालय बैठक भोलि बिहान

नेकपा सचिवालय बैठक भोलि बिहान

नेपालखबर
साउन ३२, २०७७ आइतबार ८:२४,

पार्टीभित्रको विवाद समाधानको लागि गठन भएको कार्यदल अनुमोदन गराउन नेकपाको सचिवालय बैठक सोमबार बोलाइएको छ।

‘भोली बिहान ९ः३० बजे सचिवालय बैठक बस्ने भनी खबर आएको छ,’ पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले नेपालखबरसँग भने।

एक नेताका अनुसार शुक्रबार गठन भएको कार्यदललाई सचिवालयबाट औपचारिकरुपमा अनुमोदन गर्दै कार्यादेश दिनका लागि सो बैठक डाकिएको हो।

नेकपाभित्र विवाद चुलिएपछि त्यसको समाधान गर्नको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

तर, पार्टी कमिटीमा छलफल नगरी कार्यादल बनेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकृुमार नेपाललगायतले असन्तुष्टि जनाएका थिए।

शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलमा नेताले असन्तुष्टि जनाएपछि भोलिका लागि सचिवालयको बैठक डाकिएको हो।

यसअघि साउनको ३ गते नेकपाको सचिवालयको बैठक बसेको थियो।

सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .