ad ad

राजनीति


कोरोना संक्रमितको यथार्थ सूचना स्थानीय तहलाई दिन आयोगको आग्रह

कोरोना संक्रमितको यथार्थ सूचना स्थानीय तहलाई दिन आयोगको आग्रह

नेपालखबर
साउन ३२, २०७७ आइतबार ९:०,

देशमा कोभिड–१९को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ।

आयोगले यस सम्बन्धमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

‘आफ्नो इलाकाभित्रका कोभिड–१९ बाट संक्रमित भएका व्यक्तिहरुको सूचना जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको कारण आफ्नो क्षेत्रभित्र कहाँ र के कति संख्यामा संक्रमितहरु रहेका छन् र परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नु पर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन आएको छ’ आइतबार विज्ञप्ति प्रकाशित गरी आयोगले भनेको छ, ‘साथै, स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन संक्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौं लगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिहरुमा संक्रमण देखियो सो समेत स्पष्ट गर्दा स्थानीय तहहरुलाई थप सजगता अपनाउन मद्दत मिल्ने देखिन्छ।’

आयोगले संक्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न, आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन सबै स्थानीय तह तथा नेपाल सरकारलाई आग्रहसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .