कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमएसी)को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी सो बैठक साँझ पौने ७ बजेदेखि सुरु भएको हो। कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन विज्ञहरुसहित बैठक बसेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको सो समितिले कोरोना संक्रमण फैलिन नदिन थप योजनासहित प्रधानमन्त्री ओलीलाई व्रिफिङ गर्नेछ।
सो बैठकले दिएको योजनालाई बिहीबार बस्ने मन्त्रीपरिषद् बैठकले अनुमोदन गरी थप रणनीति तय गर्ने बताइएको छ।
प्रतिक्रिया