कोरोना संकट व्यवस्थापन समितिका (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपत्यकामा एकीकृत क्वारेन्टिनको सञ्चालन तथा व्यवस्थापनबारे सम्बन्धित पदाधिकारीहरुसँग छलफल सुरु गरेका छन्।
सो बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गृह र स्वास्थ सचिव लगायत अधिकारीहरुसँग छलफल भइरहेको उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
सो बैठकमा उपत्यकाका मेयर लगायतका पदाधिकारीहरु पनि सहभागी छन्।
काठमाडौं जिल्लालगायत उपत्यकाभर केहि दिनयता दैनिकरुपमा कोरोना संक्रमित र कोरोनाका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ।
अहिले स्थानीय प्रशासनले संक्रमितको व्यवस्थापन समेत राम्रोसँग गर्न नसकिरहेका बेला सो बैठक बसेको हो।
प्रतिक्रिया