गृहमन्त्री रामबहादुर थापाले कैदी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिँदा थप समस्या भएको बताएका छन्।
आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा सहभागी हुँदै गृहमन्त्री थापाले सुरक्षाकर्मी र बन्दीमा देखिएको संक्रमणले सरकारलाई थप चिन्तित बनाएको बताएका हुन्।
कारागार र सुरक्षाकर्मीका ब्यारेकमा कोरोना संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको समेत उनले जानकारी गराए।
राज्य व्यवस्था समितिले कारागारमा संक्रमण थप फैलिन नदिन के गर्ने भनेर गृहमन्त्रीसँग भर्चुअल छलफल गरेको हो।
छलफलमा गृह मन्त्रालयबाटै मन्त्री थापा सहभागी भएका हुन्। यसअघि मन्त्री थापा कन्ट्या टे«सिङमा परेपछि दुई दिन होम आइसोलेसनमा बसेका थिए। कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मन्त्री थापा आइतबार मन्त्रालय पुगेका हुन्।
केन्द्रीय कारागारसहित देशका विभिन्न कारागारमा रहेका थुनुवा तथा कैदीमा कोरोना देखिएको छ।
प्रतिक्रिया