ad ad

राजनीति


कोरोना रोकथामका लागि सांसदहरु परिचालन गर्ने सरकारको तयारी

कोरोना रोकथामका लागि सांसदहरु परिचालन गर्ने सरकारको तयारी

नेपालखबर
भदौ १५, २०७७ सोमबार १२:१,

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सांसदहरुको परिचालन गर्ने भएको छ।

आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

कुनैपनि निर्वाचन क्षेत्रमा प्रत्यक्ष रुपमा निर्वाचित सांसदहरुको नेतृत्वमा समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई परिचालन गरिनेछ।

उनीहरुलाई जनप्रतिनिधिको हैसियतमा कोरोना रोकथाम तथा नियन्त्रण र उपचारको लागि आवश्यक समन्वय, सहकार्य र अनुगमन गर्न परिचालन गर्न लागिएको मन्त्री खतिवडाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .