भारतीय सेनाले सोमबार पूर्वी लद्दाखमा अवैध रुपमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेको चिनियाँ सेनाले आरोप लगाएको छ।
जनमुक्ति सेनाको पश्चिम थिएटर कमान्डका प्रवक्ता चाङ सुइलीले भारतीय सेनाले अघिल्ला सहमतिहरु उल्लंघन गरेर सीमा क्षेत्रमा शान्ति र स्थायित्वमा गम्भीर खतरा पैदा गरेको बताए।
‘हामी भारतीय सैनिकलाई तत्काल फिर्ता हुन आह्वान गर्छौँ,’ चाङले भनेका छन्।
यसअघि शनिबार राति पूर्वी लद्दाखको पाङगोङ तालमा भारतीय भूमि कब्जा गर्ने चिनियाँ सेनाको प्रयास असफल पारेको भारतीय सेनाले दाबी गरेको थियो।
गत जुन १५ मा लद्दाखमा भारतीय र चिनियाँ सेनाबीचको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो। त्यसयता दुवै पक्षको सेनाबीच अनेकौँ चरणमा वार्ता हुँदै आएको छ। तर, दुवै पक्षबीच तनाव भने जारी छ। एजेन्सी
प्रतिक्रिया