नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्न आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दै छ।
बिहान ११ बजे बस्ने बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए।
‘अन्य विषयमा पनि छलफल हुन्छ होला,’ ती मन्त्रीले नेपालखबरसँग भने, ‘मुख्य अजेन्डा गौतमलाई सिफारिस गर्ने नै छ।’
हिजो बिहीबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया