ad ad

राजनीति


साझा पार्टीको प्रश्नः खान नपाएर नागरिकको बिचल्ली, कहाँ छ सरकार?

साझा पार्टीको प्रश्नः खान नपाएर नागरिकको बिचल्ली, कहाँ छ सरकार?

प्रकाश न्यौपाने
भदौ १९, २०७७ शुक्रबार ८:३३,

साझा पार्टीले कोभिड १९ को बहुआयामिक संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको भन्दै सरकारको अनुभुति जनताले गर्न नपाएको बताएको छ।

साँझ–विहान खान पनि नपाउने गरेर चरम कठिनाईमा परेका हजारौँलाई राजधानीसहित देशका विभिन्न भागमा मनकारी व्यक्ति तथा संस्थाहरूले खाना खुवाईरहेका दारूणिक दृश्य सार्वजनिक भइरहेका साझाले जनाएको छ।

‘दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्यो’ शुक्रबार विज्ञप्ति प्रकाशित गरी साझाले भनेको छ, ‘परिणामास्वरूप, कयौँ नागरिक खान नपाएर मर्दैछन्, विरामीहरू अस्पताल नपाएर मर्दैछन्। कोरोना संक्रमणले दिनप्रतिदिन भयावह रूप लिँदैछ। यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त छ।’

विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलतः व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो? साझाको प्रश्न छ।

‘अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन’ भन्ने प्रधानमन्त्री कसका लागि हुन्स्था? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका? पाएका भए देशभरी कारूणीक दृष्यहरू किन देखिइरहेका छन्?’ विज्ञप्तिमा उल्लेख छ।

साझा पार्टीले सम्भव भएका सबै सरकारी संयन्त्र परिचालन गरेर देशभरी देखिइरहेका दारूणीक अवस्थालाई तुरून्त सम्वोधन गर्न सरकारसँग जोडदार आह्वान पनि गरेको छ।

साथै, यो कष्टकर घडीमा अनेक समस्या सहेर भोक र रोग पीडितहरूको सहयोगार्थ काम गरिरहेका सम्पूर्ण मनकारी व्यक्ति तथा संस्थाहरूप्रति आभार व्यक्त गर्दै ती व्यक्ति र संस्थाहरूलाई हर प्रकारका सम्भाव्य सहयोग गर्न पार्टीका सदस्य, शुभेच्छुक लगायत सबैलाई अपील गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .