ad ad

राजनीति


नेकपा स्थायी समिति : पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री भुसालसहित १० जनाले राखे धारणा

नेकपा स्थायी समिति : पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री भुसालसहित १० जनाले राखे धारणा

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ९:५,

आज (शुक्रबार) बिहान ११ बजेदेखि सुरु भएको सत्तारूढ नेकपाको जारी स्थायी कमिटी बैठकमा १० जना नेताले धारणा राखिसकेका छन्।

सो बैठकमा अहिलेसम्म पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालसहित घनश्याम भुसाल, मातृका यादव, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, लिलामाणी पोखरेल र देव गुरुङ लगायत १० नेताले धारणा राखेका हुन्।

स्रोतका अनुसार दुई अध्यक्षद्वारा प्रस्तुत संयुक्त प्रस्तावमा धारण राख्ने क्रम जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा साढे ११ देखि सुरु भएको बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष प्रचण्डले गरेका छन्।

बैठकमा केहिबेर बसेर आफ्ना संक्षिप्त कुरा राखेपछि प्रधानमन्त्री ओली भने बाहिरिएका थिए। सहमतिकै आधारमा प्रस्ताव आएकोले बैठक आजै सक्ने तयारी छ।

नेताहरुको जिम्मेवारी, सरकार तथा पार्टी सञ्चालन लगायत विषयमा गम्भीर विवाद भएपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो।

शुक्रबारको बैठक एक महिना १३ दिनको अन्तरालपछि बसेको हो।

याे पनि: 
नेकपा स्थायी समिति बैठक : आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली 
नेकपा स्थायी समिति बैठकः एकै दिनमा सक्ने तयारी
आधा माग पूरा भएको माधव नेपालको निष्कर्ष, ओली-प्रचण्डको प्रस्तावको विरोध नगर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .