दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयका अनुसार किमले दक्षिण कोरियाली अधिकारीको हत्याको विषयमा माफी मागेका हुन्।
किमले दक्षिणका राष्ट्रपति मुन जाय इनसँग पत्र लेखेर हत्याको घटना हुन नहुने तर हत्या भएको भन्दै माफी मागेको बीबीसीले जनाएको छ।
किमले पत्रमा यस घटना हुनै नहुनुपर्ने भन्दै आफू यस घटनाबाट निकै निराश भएको र माफी माग्ने बताएका छन्।
दक्षिण कोरियाली अधिकारीका अनुसार हालै एक ४७ वर्षका दक्षिण कोरियाली नागरिक देश छाडेर उत्तर कोरिया भागिरहेका थिए, जब उनी डुंगा चढेर उत्तर कोरियाको समुद्री क्षेत्रमा पुगे उनलाई उत्तरका सेनाले गोली हानेका थिए।
सोही क्रममा उनको मृत्यु भएको थियो। दक्षिण कोरियाका अनुसार उत्तर कोरियाली सेनाको गोलीबाट मारिएका ती व्यक्ति माछा व्यवसायको रेखदेख गर्ने दक्षिणका अधिकारी थिए।
हाल उत्तर कोरियाले सिमानामा कडा नियम लागू गरेको बताइएको छ। कोरोना भाइरस देशमा छिर्ने भन्दै उत्तरले सीमाबाट अवैध रुपमा छिर्नेलाई गोली हान्न आदेश दिएको छ।
उत्तर कोरियाले पनि यस घटनाको विषयमा जानकारी दिएको छ। ती अधिकारीलाई दश गोली हानेको बताइएको छ।
उत्तरले आफ्नो क्षेत्रमा आएका ती व्यक्तिले परिचय खुलाउन नसकेको र भाग्न खोज्दा गोली चलाइएको बताएको छ।
उनको शव जलाइएको विषयमा भने उत्तर कोरियाले ती व्यक्तिले बोकेको सामग्रीका कारण उनको शरीरमा आगो लागेको प्रतिक्रिया जनाएको छ।
प्रतिक्रिया