ad ad

राजनीति


भारतीय सरकार पकिस्तानविरुद्ध आक्रमक बने हामी संघर्ष गर्नेछौंः इमरान खान

भारतीय सरकार पकिस्तानविरुद्ध आक्रमक बने हामी संघर्ष गर्नेछौंः इमरान खान

नेपालखबर
असोज १०, २०७७ शनिबार ६:२५,

कोरोना प्रकोपका कारण यसपटक भर्चुअल महासभाको आयोजना गरिएको छ। विभिन्न देशका प्रतिनिधिले भिडियोमार्फत सन्देश दिनेक्रम जारी छ।

शुक्रबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भिडियो सन्देशमा जम्मु–कस्मिर विवाद, अल्पसंख्यक नागरिकसँग भारतले गरिरहेको व्यवहार र आरएसएको हिन्दुत्ववादी एजेन्डालाई लिएर भारतको आलोचना गरेका थिए।

खानले भारत प्रशासित कस्मिरमा मानवअधिकार हनन् भएको र सेनाको प्रयोग गरेर त्यहाँका स्थानीयलाई दमन गरिएको आरोप लगाएका थिए।

त्यस लगत्तै जवाफ दिने अधिकार ‘राइट टु रिप्लाई’ प्रयोग गर्दै भारतले पाकिस्तालाई जवाफ फर्कायो।

भारतले पाकिस्तानले आतंकवादलाई बढावा दिएको आरोप लगायो भने त्यहाँ बस्ने अल्पसंख्यकलाई पाकिस्तानले अत्याचार गरेको बतायो।

खानले जम्मु कस्मिरको विषय अन्तर्राष्ट्रिय वैधताको आधारमा हुनुपर्ने नभए दक्षिण एसियामा शान्ति र स्थायित्व कहिल्यै नआउने बताएका थिए।

उनले भनेका छन्,‘म यो स्पष्ट गर्न चाहन्छु कि फाँसीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्व रहेको सरकार यदी पकिस्तानविरुद्ध आक्रमक रुपमा प्रस्तुत भए उसको यस्तो राष्ट्रसँग भेट हुनेछ जो आफ्नो स्वतन्त्रताको लागि अन्तिमसम्म संघर्ष गरिरहन्छ।’

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावमा उल्लेखित जनमत संग्रहको परिणाम प्रभावित गर्न भारतले संविधानको धारा ३७० हटाएको पनि खानको आरोप छ।

इमरान खानले भारतमाथि थुप्रै आरोप लगाएपछि भारतले पाकिस्तानको कडा विरोध गरेको छ।

राष्ट्रसंघका लागि भारतका स्थाई प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानको बायान एक नयाँ राजनीतिक गिरावट भएको बताए। उनले पाकिस्तानले आतंकवाद ढाकछोप गर्न भारतमाथि ठूलो र भड्किलो अभिव्यक्ति दिएको बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .