ad ad

राजनीति


राहुल गान्धीसहित भारतीय कांग्रेसका २ सय नेता-कार्यकर्तालाई प्रहरीले लछारपछार गर्दै पक्राउ गर्‍याे

राहुल गान्धीसहित भारतीय कांग्रेसका २ सय नेता-कार्यकर्तालाई प्रहरीले लछारपछार गर्दै पक्राउ गर्‍याे

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ०:१४,

भारतको उत्तर प्रदेश प्रहरीले कांग्रेसका नेताद्वय राहुल गान्धी र प्रियंका गान्धीलगायत २ सय ३ नेता कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरेकाे छ।

संविधानको धारा २७० (संक्रमण फैलिने सम्भावनाबीच घातक क्रियाकलाप गरेको), धारा १८८ ( सरकारी आदेशको उल्लंघन) र महामारी ऐनअन्तर्गत उनीहरुविरुद्ध मुद्दा चलाइएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कारबाट पीडितका परिवारलाई भेट्न जाँदै गर्दा नेताहरु राहुल र प्रियंकालाई प्रहरीले रोक्न खाेजेका थिए। त्यस क्रममा झडप भएपछि उनीहरुलाई पक्राउ गरिएकाे हाे।

झडपमा नेता राहुल भुइँमा पछारिएका थिए भने अन्य कार्यकर्ता पनि घाइते भएका छन्।

नोएडा एक्सप्रेसवेमा भएको झडपपछि प्रहरीले कांगेस नेता र कार्यकर्ताले कोरोना महामारीका बेला सरकारी नियम उल्लंघन गरेको आरोप लगाउँदै गिरफ्तार गरेकाे हाे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .