ad ad

राजनीति


सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : समय-सुहाउँदोचाहिँ भ्रष्टाचार र बेथिति हो?

सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : समय-सुहाउँदोचाहिँ भ्रष्टाचार र बेथिति हो?

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ४:१८,

डा.गोविन्द केसीलाई महामारीका बेला अनशन बस्नु समय-सुहाउँदो नभएको भन्ने सरकारलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कडा प्रश्न गरेका छन्।

बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेका बेला अनशन, धर्नाजस्ता आदोलन गर्नु समय-सुहाउँदो नभएको भन्दै डा. केसीलाई अनशन फिर्ता लिन आग्रह गरेका थिए। 

           याे पनिडा. केसीलाई सरकारको आग्रहः अहिले असामान्य अवस्था हो, अनशन फिर्ता लिनुहोस् (भिडियाे)

त्यसलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै कांग्रेस प्रवक्ता शर्माले सरकारलाई भ्रष्टाचार, बेथिति र अव्यस्थाचाहिँ समय सुहाउँदो हो भनेर प्रश्न गरेका हुन्।

‘डा. केसीको अनशन समय-सुहाउँदो भएन भन्ने सरकारले लोकतान्त्रिक चरित्र-सुहाउँदो व्यवहार प्रस्तुत गर्नु नपर्ने? समय-सुहाउँदो चैं भ्रष्टाचार! ढिलासुस्ती! बेथिति! अव्यवस्था,’ फेसबुकमा शर्माले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू! डा. केसीलाई शब्द प्रहार होइन, संवादबाट माग पूरा गर्ने लोकतान्त्रिक संस्कार देशले पर्खिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .