ad ad

राजनीति


सिफारिस राजदूत र मन्त्रिमण्डल पुनर्गठनबारे बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी

सिफारिस राजदूत र मन्त्रिमण्डल पुनर्गठनबारे बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ४:४७,

सत्ताररूढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले (शुक्रबार बिहान) बालुवाटारमा छलफल भइरहेको छ।

सरकारले हिजो सिफारिस गरेका राजदूत तथा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले नेपालखबरलाई जनाकारी दिए। बिहान १० बजेदेखि छलफल भइरहेकाे उनले बताए।

बिहीबार बसेको मत्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको छ। 

पार्टीमा सल्लाहै नगरी राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय र स्थायी समितिका सदस्य प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट छन्।

यसैक्रममा अहिले ओली र प्रचण्डबीच छलफल भइरहेको हो। 

याे पनिओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै नेकपामा फेरि विवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .