अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएका छन्।
शुक्रबार ट्विट गर्दै उनले आफू र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी गराएका छन।
दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेमा बताएका छन्।
ट्रम्पले प्रथम महिला मेलानिया र आफू दुवैमा कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिँदै आफूहरुले अब तुरुन्तै क्वारेन्टिन र निको हुने प्रक्रिया थालिहाल्ने जनाएका छन्। ‘हामी सँगसँगै यसलाई पार लगाउने छौं,’ ट्रम्पले ट्विटमा भनेका छन्।
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
प्रतिक्रिया