ad ad

राजनीति


हिउँदसम्ममा बाढी–पहिरो प्रभावितको व्यवस्थापन भइसक्छ : गृहमन्त्री

हिउँदसम्ममा बाढी–पहिरो प्रभावितको व्यवस्थापन भइसक्छ : गृहमन्त्री

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ११:५१,

 गृहमन्त्री रामबहादुर थापाले बाढी–पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन्।

अस्थायी रुपमै भए पनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोटलगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उनले बताए। सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनु अगाडि नै पालमा बसेका नागरिकहरुको व्यवस्थापन गरिने बताएका हुन्।

उनले भने, ‘चिसो बढ्दै जाने समय छ। हिउँद सुरु हुन्छ। अहिले बाढी पहिरो प्रभावितहरु पालमा बसेका छन्, चिसोमा त्यसले धान्दैन। यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौँ’, उनले भने, ‘सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौँ। हिउँदमा चिसोले मानवीय क्षति नहोस भनेर हामीले ध्यान दिएका छौँ।’

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको बताए। यो वर्ष मानवीय र भौतिक क्षति भएका समेत गरी ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले बताए। जिल्लाका १८ वटा बस्तीहरु अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको उनले बताए।

यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सिन्धुपाल्चोकमा प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ। १७ सय ७० जना घाइते भएका छन् भने ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ।

गत असार २४ गते बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा गएको पहिरोमा परि २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परि ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो। यो वर्ष देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .