ad ad

राजनीति


कोरोना संक्रमणले बिरामी परेपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

कोरोना संक्रमणले बिरामी परेपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

नेपालखबर
असोज १७, २०७७ शनिबार ०:०,

कोरोना संक्रमणका कारण बिरामी परेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पतालमा भर्ना गरिएको छ।

कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दै शुक्रबार अपराह्न उनलाई ह्वाइट हाउसबाट वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको बीबीसीले जनाएको छ।

यसअघि शुक्रबार बिहान उनले ट्विट गर्दै आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। साथै उनले आफूहरू दुवै जना क्वारेन्टिनमा रहने बताएका थिए।

याे पनि :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया कोरोना संक्रमित

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्पले थकान महसुस गर्नाका साथै उनमा कोभिड-१९ का हल्का लक्षण पनि देखिएका छन्। यसर्थ ‘अत्यन्त सावधानी’पूर्वक उनलाई अस्पताल लाने निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ।

नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनु ठीक एक महिनाअघि वर्तमान राष्ट्रपति ट्रम्प बिरामी परेका हुन्। उनी नाेभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन्।

याे पनि :  अस्पताल भर्ना भएपछि कोरोना संक्रमित ट्रम्पले भावुक हुँदै यसो भने (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .