ad ad

राजनीति


प्रदेश ५ मा राजधानी विवाद : नेकपाकै सांसदले दिए समिति संयोजकबाट राजीनामा

प्रदेश ५ मा राजधानी विवाद : नेकपाकै सांसदले दिए समिति संयोजकबाट राजीनामा

नेपालखबर
असोज १९, २०७७ सोमबार ५:७,

प्रदेश ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन्।

दाङको देउखुरी क्षेत्रमा प्रदेश ५ को स्थायी राजधानी तोक्ने प्रदेश सरकारको निर्णयपछि उनले राजीनामा दिएका हुन्। उनी नेकपाको तर्फबाट रुपन्देहीबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। हाल प्रदेशको अस्थायी राजधानी बुटवल छ।

नेकपा संसदीय दलमा राजधानी सार्ने विषयमा फरक मत राख्दै आएका श्रेष्ठले सोमबार मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। श्रेष्ठको राजीनामाले नेकपामा पनि विवाद सुरु भएको छ।

श्रेष्ठले संसदीय विधी र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .