ad ad

राजनीति


संघीयता अवश्यक छैन भन्ने प्रमाणित भइसक्यो, प्रदेश खारेज गरौँ : थापा

संघीयता अवश्यक छैन भन्ने प्रमाणित भइसक्यो, प्रदेश खारेज गरौँ : थापा

नेपालखबर
असोज २०, २०७७ मंगलबार ४:४१,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्यक छैन भन्ने कुरा पाँच वर्षे अनुभवबाट प्रमाणित भइसकेको बताएका छन्।

उनले केन्द्र र स्थानीय तहलाई कायम राखेर प्रदेश तह खारेज गर्न समेत माग गरेका छन्।

प्रदेशको नामकरण र स्थायी राजधानीका विषयमा प्रदेश ५ मा भएको गतिविधिलाई लिएर उनले उनले यस्तो बताएका हुन्।

उनले प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय रहेको समेत बताएका छन्।

 ‘प्रदेश ५ प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ’,। मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ।’

प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्तावको बिपक्षमा रहेका कांग्रेस संसदहरुले प्रदेशसभामा कुर्सी तोडफोड गरेका थिए भने कानुन मन्त्रीले उनीहरुलाई बाहिर निकाल्न आदेश दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .