ad ad

राजनीति


डा. केसीको सत्याग्रहप्रति नागरिक अगुवाको ऐक्यबद्धता

डा. केसीको सत्याग्रहप्रति नागरिक अगुवाको ऐक्यबद्धता

नेपालखबर
असोज २०, २०७७ मंगलबार ८:४३,

नागरिक अगुवाहरुले अनसनरत डा. गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यवद्धता प्रकट गरेका छन्।

डा. केसीका मागहरुलाई अविलम्व सम्बोधन गर्न र उनको जीवन रक्षाका निम्ति आवश्यक पहल गर्न अपील गर्दै उनीहरुले डा. केसीका जायज मागहरुप्रति हामी ऐक्यबद्धता जाहेर गरेका हुन्।

११ जना नागरिक अगुवाले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘विगत तीन हप्ताभन्दा बढी समयदेखि देशको चिकित्सा शिक्षा र स्वास्थ्यसेवासम्बन्धी मागहरु राखेर डा. गोविन्द केसी आमरण अनशनमा हुनुहुन्छ। यी मागहरु समाजवादउन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौँ। तर विडम्वना! डा. केसीका मागहरुप्रति सरकार पूर्णतः उदासीन रहेको छ।’

उनीहरुले ‘सरकारले यस किसिमको अकर्ममण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी गरेको’ ठहर पनि गरेका छन्।

विज्ञप्तिमा डा.पिताम्वर सर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा.महेश मास्के, डा. अरुणा उप्रेती, नारायण ढकाल, बिमल निभा, डा.सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धन कुमारी सुनार र कोमल भट्टराईको हस्ताक्षर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .