नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ ‘गुरुयोजना’ गुरुयोजना नै नभएको भन्दै खारेज गर्न माग गरेका छन्।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै नेता थापाले गुरुयोजनाको निर्माण प्रक्रिया र सामग्री नै नमिल्ने भन्दै यसको खारेजीको माग गरेका हुन्।
उक्त क्षेत्रका संघीय सांसदसमेत रहेका थापाले नयाँ गुरुयोजना खारेज गर्नुपर्ने र पुरानो गुरुयोजनाको समीक्षा गरेर सबै सरोकारवालाको सहभागितामा वास्तविक गुरुयोजना बनाउन माग गरेका हुन्।
‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै। यो गुरुयोजना नै हैन! अतः यसलाई खारेज गरौँ’, नेता थापाले ट्विटरमा लेखेका छन्, ‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ।तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो।’
— Gagan Thapa (@thapagk) October 7, 2020पशुपति क्षेत्र विकास काेषको"नयाँ गुरुयोजना"! न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै।यो गुरुयोजना नै हैन! अत: यसलाई खारेज गरौँ।पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ।तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकार संग हाम्रो माग हो।
पशुपति क्षेत्रको विकासका लागि बनाइएको भनिएको नयाँ गुरुयोजनाको स्थानीय र सरोकारवालाहरुले विरोध गर्दै आएका छन्। उनीहरुले नयाँ गुरुयोजना कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी समेत दिएका छन्।
Shares
प्रतिक्रिया