साहित्यकार खगेन्द्र संग्रौलाले कोरोना उपचारमा ‘प्रभावहीन’ साबित ‘रेम्डेसिभिर’ नामको औषधि आयात र प्रयोगका लागि अनुमति दिएर ओली सरकार फेरि ओम्नी मार्गमा लाग्न थालेको टिप्पणी गरेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितमा ‘रेम्डेसिभिर’को प्रयोग प्रभावकारी नदेखिएको बताएको छ।
तर हाम्रो सरकारले भने यसको आयात र बिक्रीका लागि तीन कम्पनीलाई अनुमति दिएको छ।
सरकारको यस्तो उल्टो निर्णय गरेकाे देखेर लेखक संग्रौलाले शनिबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।
विश्व स्वास्थ्य संगठनले परीक्षण गरी कोरोनाको उपचारमा ‘रेम्डेसिभिर’ नाउँको औषधिको प्रभाव ज्यादै न्यून वा शून्य बराबर छ भनेछ,’ लेखक संग्रौलाले फेसबुकमा लेखेका छन्,‘ ओली सरकारले चाहिँ यही चुत्थो औषधि आयात र बिक्री गर्न तीनवटा कम्पनीलाई अनुमति दिएछ। फेरि उही ओम्नीमार्गी दिनु-खानुको धन्दा सुरू भो कि कसो?’
याे पनि : सरकारको उल्टो गति: कोरोनाको उपचारमा डब्लुएचओले मान्यता नदिएको औषधि आयात र प्रयोग गर्न दिइयो अनुमति
Shares
प्रतिक्रिया