लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सूर्य र बाँकी सबै नेतालाई सूर्यका उपग्रहको संज्ञा दिएका छन्।
सामािजक सञ्जालमार्फत लेखक संग्रौलाले ओलीका अगाडि अरू सबै नेता निरीह भएको विश्लेषण प्रस्तुत गरेका हुन्।
‘नेकपा डबलमा ओली सूर्य हुन्, पुष्प-माधवलगायत बाँकी सबै जन सूर्यका उपग्रह हुन्। निस्तेज र कायर उपग्रहहरू विधि, नीति, मान्यता र मर्यादा भन्दै गनगन गर्छन्, तेजस्वी र ओजस्वी सूर्य ओली मनपरी कर्म गर्दै उपग्रहको उपहास गर्छन्,’ फेसबुकमा संग्रौलाले लेखेका छन्, ‘रोएर कौनै काम छैन कमरेड, यो हुती र हैसियतको कुरा हो।’
नेकपा डबलमा अाेली सूर्य हुन्,पुष्प-माधव लगायत बाँकी सबै जन सूर्यका उपग्रह हुन् । निस्तेज र कायर उपग्रहहरू विधि, नीति,...
Posted by Khagendra Sangroula on Thursday, October 15, 2020
Shares
प्रतिक्रिया