यसै महिनाको सुरुवातमा ताइवान र चीनका कूटनीतिज्ञबीच कुटाकुट हुँदा ताइवानका एक कुटनीतिज्ञ घाइते भएको ताइवानको विदेश मन्त्रालयले जनाएको छ।
अधिकारीहरुका अनुसार गत अक्टोबर ८ मा यस घटना भएको हो। फिजीको राजधानी सुभामा ताइवानको राष्ट्रिय दिनको उत्सव मनाउने क्रममा कुटाकुट भएको ताइवानका विदेशमन्त्रालयका प्रवक्ता जोआनी ओउले सीएनएनलाई सोमबार बताएकी छिन्।
चिनियाँ दुई कूटनीतिज्ञहरु अनुमति बिना र बिना निमन्त्रणा कार्यक्रममा प्रवेश गर्न खोजेका थिए। उनीहरुलाई प्रवेश गर्न नदिएपछि चीनका कूटनीतिज्ञ रुष्ट बनेका थिए।
गेटमा उनीहरुलाई रोकेपछि उनीहरुले आफ्ना कूटनीतिज्ञमाथि आक्रमण गरेको ताइवानका अधिकारीहरुले बताएका छन्।
पछिल्लो सयम ताइवान र चीनबीच तनाव बढ्दै गएको छ। ताइवान आफ्नो भएको दाबी गर्ने चीनले अन्य देशहरुलाई ताइवानलाई बेग्लै देशको दर्जा नदिन चेतावनी दिँदै आएको छ।
यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ। चीनले आक्रमण गरेरै ताइवान कब्जा गर्ने चेतावनी दिँदै आएको छ।
प्रतिक्रिया