ad ad

राजनीति


नेपालले भने : संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय अनुचित छ, फिर्ता गर

 नेपालले भने : संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय अनुचित छ, फिर्ता गर

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ६:४०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले कोरोना संक्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने निर्णय तुरुन्न्त फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा  रहनुपर्ने बेलामा निःशुल्क उपचार गर्न नसक्ने निर्णय गर्नु  अनुचित भएको बताएका छन्।

सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका उनको भनाइ छ।

उनले महामारीका बेला महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने भन्दै विपन्न र बेसहारा नागरिहरुप्रति संवेदशील बन्न आग्रह गरेका छन्।

‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन’, नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो।’

उनले संक्रामक रोगसम्बन्धी विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई निःशुल्क उपचारको दायित्व सुम्पिएका भन्दै संक्रमितकाे उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी उक्त निर्णय भएकाे भन्दै  फिर्ता लिन माग गरेका हुन्।

‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .