ad ad

राजनीति


इन्डोनेसियामा जासुसी विमान अवतरण गर्न र इन्धन भर्न पाउनुपर्ने अमेरिकी प्रस्ताव अस्वीकृत

इन्डोनेसियामा जासुसी विमान अवतरण गर्न र इन्धन भर्न पाउनुपर्ने अमेरिकी प्रस्ताव अस्वीकृत

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ७:४६,

गत जुलाई र अगष्टमा अमेरकाका उच्च अधिकारीहरुले इन्डोनेसियाको रक्षा र वदेशमन्त्रीसँग यस विषमा कुराकानी गरेका थिए।

त्यसपछि अमेरिकाले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग पनि प्रस्ताव राखेको थियो। यद्यपी इन्डोनेसियाले अमेरिकी जासुसी विमानलाई आफ्नो भूमिमा प्रवेश गरेर इन्धन भर्न नदिने बताउँदै अमेरिकी प्रस्ताव अस्वीकार गरेको हो।

दक्षिणपूर्वी एसियाली क्षेत्रमा अमेरिका र चीनबीच तनाव बढ्दै गएको समयमा अमेरिकाले उक्त प्रस्ताव राखेको थियो। हाल चीनले दाबी गरिरहेको दक्षिण चीन सागरमा अमेरिकाले सैन्य गतिविधि बढाउँदै आएको छ।

दक्षिण चीन सागरका अन्य दाबीकर्ता देशको रक्षाको लागि भन्दै आफूले सैन्य गतिविधि बढाएको अमेरिकी भनाइ छ।

चीनले भने दक्षिण चीन सागरमा अमेरिकी गतिविधि चीनको घरेलु मामिलामाथिको हस्तक्षेप भएको बताउँदै आएको छ।

इन्डोनेसियाले विदेशी सेनालाई आफ्नो भूमिमा हालसम्म कुनैपनि कार्य संचालन गर्न दिएको छैन। इन्डोनेसियामा तटस्थताको दीर्घकालीन विदेश नीति छ।

इन्डोनेसिया औपचारिक रुपमा दक्षिण चीन सागरको दाबीकर्ता देश होइन यद्यपी दक्षिण चीन सागरको केही हिस्सा आफ्नो भएको उसले बताउँदै आएको छ। त्यसकारण इन्डोनेसियाले चीनका माछा मार्ने डुंगा र तट रक्षकका जहाजलाई आफ्नो वरपरको क्षेत्रबाट हटाउँदै आएको छ।

यद्यपी इन्डोनेसियाको चीनसँग बढ्दो आर्थिक र लगानीको सम्बन्ध छ। यसबीचमा ंइन्डोनेसियाले आफू अमेरिका र चीनबीचको दुश्मनीमा फस्न नचाहेको बताएको छ।

सेप्टेम्बरमा मात्र इन्डोनेसियाकी विदेशमन्त्री रेट्नो मार्सुदीले आफूहरु कसैको दुश्मनीमा नफस्ने बरु उनीहरुसँग मित्र बन्न तयार भएको बताएका थिए। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .