ad ad

राजनीति


अमेरिकी विदेशमन्त्री पम्पेओले अर्कोसाता श्रीलंका र मालदिभ्स भ्रमण गर्ने

अमेरिकी विदेशमन्त्री पम्पेओले अर्कोसाता श्रीलंका र मालदिभ्स भ्रमण गर्ने

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ९:३४,

दक्षिण एसियामा चीनको बढ्दो प्रभाव रोक्ने प्रयास गरिरहेको अमेरिकाका विदेशमन्त्री माइक पम्पेओले यसै महिना श्रीलंका र मालदिभ्सको भ्रमण गर्ने भएका छन्।

पम्पेओले अक्टोबर २८ का दिन कोलम्बोमा उच्चस्तरीय भेटवार्ता गर्ने श्रीलंकाली विदेश मन्त्रालयले जनाएको छ। यद्यपि उनले ककसलाई भेट्ने छन् भन्ने जानकारी भने दिइएको छैन।

सोही दिन पम्पेओले केही घण्टाका लागि मालदिभ्स पनि भ्रमण गर्ने स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।

मालदिभ्सको विदेश मन्त्रालयले भ्रमण तालिका तय भएपछि त्यसबारे औपचारिक घोषणा गर्ने बताएको छ।

यसै महिना चिनियाँ कूटनीतिज्ञ याङ जेइचीले श्रीलंका भ्रमण गरेका थिए। पछिल्ला वर्षहरुमा श्रीलंका र मालदिभ्सलाई दिँदै आएको आर्थिक सहयोग चीनले वृद्धि गर्दै आएको छ। यी मुलुकका ठूला पूर्वाधारहरुको निर्माण पनि चीनले गरिरहेको छ।

पम्पोओले सोही मितिमा भारत भ्रमण गर्ने सम्भावना पनि छ।

गत साता भारतको सरकारी स्रोतहरुले यसै महिना पम्पेओ र अमेरिकी रक्षामन्त्री मार्क एस्परले नयाँ दिल्ली भ्रमण गर्ने जनाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .