ad ad

राजनीति


चीनले भन्योः अमेरिकाले चिनियाँ भूमिमा आक्रमणको योजना बनाएको छैन

चीनले भन्योः अमेरिकाले चिनियाँ भूमिमा आक्रमणको योजना बनाएको छैन

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार १३:३५,

दक्षिण चीन सागरको चिनियाँ भूमिमा अमेरिकाले आक्रमणको योजना बनाएको विषयहरु हालै सार्वजनिक भएका थिए।

तर चिनियाँ भूमिमा अमेरिकी आक्रमणको विषयलाई अमेरिकाले अस्वीकार गरेको र उक्त कुरा अफवाह मात्र भएको अमेरिकाले बताएको चीनले बिहीबार जनाएको हो।

चीनको रक्षा मन्त्रालयले बिहीबार चीन र अमेरिकाबीच हालै संकट व्यवस्थापको विषयमा छलफल भएको र उक्त छलफलमा अमेरिकाले चिनियाँ भूमिमा आक्रमणको विषयलाई अस्वीकार गरेको जानकारी दिएको छ।

रक्षा मन्त्रालयका अनुसार अमेरिकी रक्षामन्त्री मार्क एस्परले नै यस विषयमा कुनै सत्यता नभएको र सो विषयलाई अफवाह भनेका हुन्।

अमेरिका र चीनबीच यसैवर्षको अन्त्यमा समुद्री सुरक्षाको विषयमा वार्ता हुने योजना पनि बनेको एससीएमपीले जनाएको छ।

दक्षिण चीन सागरको विषयमा अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा अमेरिकाले चिनियाँ भूमिमा आक्रमणको योजना बनाएको भन्ने विषय सार्वजनिक भएको थियो।

दक्षिण चीन सागरलाई चीनले आफ्नो भएको बताउँछ। यद्यपी यस समुद्रलाई आफ्नो भएको दाबी गर्ने कयौं देश छन्।

अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा उपस्थिती बढाउँदै जाँदा चीन अमेरिकासँग रुष्ट छ।

अमेरिकाले यस जल क्षेत्रमा सैन्य अभ्यास नै गरिसकेको छ। चीनले पनि यस जल क्षेत्रमा कृतिम टापु खडा गरेको छ। जसको अन्य दाबीकर्ता देशले विरोध गरिरहेका छन्।

यो पनिः ‘अमेरिकी जासुसी विमानले दक्षिण चीन सागरमा व्यवसायिक विमानमाथि जोखिम सिर्जना गर्दैछ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .