ad ad

राजनीति


सांसद विश्वकर्माको उपचार सहयोगका लागि सरकारसँग कांग्रेसको आग्रह

सांसद विश्वकर्माको उपचार सहयोगका लागि सरकारसँग कांग्रेसको आग्रह

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १५:१४,

नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ।

सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९ गतेदेखि (वीर र त्यसपछि ग्राण्डी अस्पताल) अस्पतालमा भर्ना भई उपचार गराइ रहेका छन।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत उनको स्वास्थ्यावस्थाबारे जानकारी गराउनाका साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरे।

नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेको कांग्रेस संसदीय दलले जनाएको छ।

सांसद विश्वकर्मामा निमोनिया देखिएको छ। श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .