ad ad

राजनीति


नवनियुक्त तीन राजूदतद्वारा सपथ

नवनियुक्त तीन राजूदतद्वारा सपथ

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १२:२८,

नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहबीच राजदूतत्रयलाई सपथ ग्रहण गराएकी राष्ट्रपतिको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।

सरकारले गेहेन्द्र राजभण्डारीलाई बेल्जियम, तापस अधिकारीलाई पाकिस्तान र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .