श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले आफ्नो सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा कहिल्यै हस्ताक्षर नगर्ने स्पष्ट पारेका छन्।
एक स्थानीय पत्रिकासँग कुरा गर्दै राजापाक्षेले सपनामा समेत एमसीसीमा हस्ताक्षर नगर्नेे बताएका हुन्।
‘सपनामा पनि एमसीसीमा हस्ताक्षर हुने छैन,’ राजापाक्षेले भनेका छन्।
राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग सौहार्द्र वार्ता भएको पनि बताएका छन्।
‘यसअघि अमेरिकी कूटनीतिज्ञहरु भ्रमणमा आउँदा मानवअधिकार उल्लंघनको विषय उठाउँथे। तर, यसपटक यो मुद्दाबारे हामीले अमेरिकालाई सम्झायौँ,’ उनले भनेका छन्।
राजापाक्षले पम्पेओलाई आफ्नो भूमि अन्य कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने बताएको पनि उल्लेख गरेका छन्। एजेन्सी
प्रतिक्रिया