नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औं वर्ल्ड सोसलिज्म फोरमलाई भर्चुअल (अनलाइन) सम्बोधन गरेका छन्।
वर्ल्ड सोसलिज्म यलो बुक र वर्ल्ड सोसलिज्म सिरिजको विमोचन समेत गरिएको सो कार्यक्रम चाइनिज एकाडेमी अफ सोसल साइन्सेस, द वर्ल्ड सोसलिज्म रिसर्च सेन्टर, द एकाडेमी अफ मार्क्सिज्म र नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङका विचारसम्बन्धी अनुसन्धान केन्द्र (सीएएसएस) द्वारा मंगलबार आयोजना गरिएको हो।
सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलनको अवस्थाबारे प्रकाश पार्दै सामाजिक रुपान्तरणको आवश्यकताबारे जोड दिएका थिए।
सी चिनफिङको बुद्धिमतापूर्ण नेतृत्वमा आफ्नै विशेषतासहितको समाजवादको प्रयोग गर्ने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीले लिएका कदमहरुको प्रचण्डले प्रशंसा गरेका थिए।
सो कार्यक्रममा १० देशका नेता तथा प्राज्ञिक व्यक्तिहरुको सहभागिता थियो।
Shares
प्रतिक्रिया