नेपाली कांग्रेसकी नेतृ तथा तत्कालीन संविधानसभाका सदस्य कौसर शाह नेकपामा प्रवेश गर्ने भएकी छिन्।
शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाहलाई स्वागत गर्न कार्यक्रम रहेको छ।
अध्यक्ष प्रचण्डको सचिवालयले शाह नेकपा प्रवेश गर्न लागेको र उनको स्वागतका लागि २ बजे पार्टी कार्यालयकमा स्वागत कार्यक्रम राखिएको जनाएको छ।
काठमाडौँकी स्थानीय बासिन्दा शाह दोस्रो संविधानसभामा समानुपातिबाट सांसद भएकी थिइन्।
शाह कांग्रेसको काठमाडौँ महानगर सदस्य, क्षेत्र नम्बर ६ को कोषध्यक्ष र नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्ष समेत हुन्।
3
Shares
प्रतिक्रिया