नेपाल भ्रमणमा आएको चिनियाँ उपमन्त्रीसहितको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग आज साँझ भेट गर्ने भएको छ।
सोमबार बिहानदेखि राजनीतिक भेटघाटमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गु यचैले लगायतको प्रतिनिधिमण्डलले डा. भट्टराईलाई बेलुका ६ बजे टोखास्थित निवासमा भेट गर्ने तय भएको उनको सचिवालयले जनाएको छ।
चिनियाँ उपमन्त्रीसहितको टोली आइतबार नेपाल आइपुगेको थियो। नेपाल आएयता राजनीतिक भेटघाट तीव्र पारेको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।
सोमबार बिहान भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको थियो। यस्तै नेकपाकै वरिष्ठ नेता झलनाथ खनालसँग पनि आजै भेट गर्ने तय भएको छ।
प्रतिक्रिया