नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेट गर्ने भएको छ।
सोमबार बिहानदेखि राजनीतिक भेटघाटमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गु यचैलगायतको प्रतिनिधिमण्डलले डा. भट्टराईलाई बेलुका ६ बजे टोखास्थित निवासमा भेट गर्ने तय भएको उनको सचिवालयले जनाएको छ।
आइतबार नेपाल आइपुगेको टोलीले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारी रप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।
सोमबार भने सो टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेको छ।
प्रतिक्रिया