प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीबाट निष्काशत गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य बेदुराम भुसालले बताए।
‘पार्टी विरोधी गतिविधिमा संलग्न भएका प्रधानमन्त्री ओलीलाई किन पार्टी सदस्यबाट निष्काशित नगर्ने भनेर स्पष्टीकरण सोध्न लागेको हौँ’ भुसालले नेपालखबरसँग भने।
प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रचण्ड नेपाल समूहले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो।
त्यस्तै आजको बैठकले विष्णु पौडेललार्य महासचिवबाट हटाउने निर्णय गरेको छ भने अन्य पदाधिकारी र सदस्यलाई भने कारबाही गरेको छैन।
प्रतिक्रिया