ad ad

राजनीति


‘नेपाल कम्युनिस्ट पार्टी’ नामबारे मुद्दाको फैसला आज

‘नेपाल कम्युनिस्ट पार्टी’ नामबारे मुद्दाको फैसला आज

नेपालखबर
फागुन २३, २०७७ आइतबार ३:२८,

‘नेपाल कम्युनिस्ट पार्टी’ नामको विवादबारे सर्वाेच्च अदालतले आज (आइतबार) फैसला सुनाउने भएको छ।

ऋषिराम कट्टेलको नाममा २०६९ सालमा ‘नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)’ निर्वाचन आयोगमा दर्ता गरिएकाे हाे। यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि पार्टी एकता गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ नै नाम राख्याे। 

त्यही बेला कट्टेलले आफ्नो पार्टीकै जस्तो नाम भएको भन्दै आयोगमा दर्ता गर्न नमिल्ने बताएका थिए। एउटै नामका दुइटा दल दर्ता गर्न नपाइने प्रावधान छ।

तर आयोगले माओवादी केन्द्र र एमाले मिलेर बनेको पार्टीलाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अर्थात् कोष्ठमा फरक पारेर दल दर्ता गर्न दिएको थियो।

तर पनि नाम एउटै भयो भनेर कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। त्यसैको फैसला आज हुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .