ad ad

राजनीति


संसदमा जस्तोसुकै परिस्थिति सामना गर्ने प्रचण्ड–नेपाल र ओली समूहको आआफ्नै तयारी

संसदमा जस्तोसुकै परिस्थिति सामना गर्ने प्रचण्ड–नेपाल र ओली समूहको आआफ्नै तयारी

नेपालखबर
फागुन २३, २०७७ आइतबार ४:५६,

पुनर्स्थापनापछि आज पहिलोपटक बस्न लागेको संसद् बैठकअघि नेकपाका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। आज अपराह्न ४ बजे प्रतिनिधि सभाको सातौं अधिवेशन सुरु हुँदै छ।

त्यसका लागि प्रचण्ड–नेपाल र ओली समूहले आआफ्ना तयारी तीव्र पारेका हुन्।

यसै क्रममा अहिले प्रचण्ड निवास (खुमलटार) मा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने रणनीति असफल पार्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्।

उता प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पनि बिहानैदेखि छलफल भइरहेको स्रोतले जनाएको छ। उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली भेट्न बिहानै सञ्चारमन्त्री पार्वत गुरुङलगायत मन्त्री तथा सांसद पुगेका हुन्।

यसअघि शनिबार राति पनि बालुवाटारमा ओली समूहको संसदीय दलका पदाधिकारीसहितका नेताबीच छलफल भएको स्रोतले जनाएको छ। आज सुरु हुने संसद् बैठकमा सभामुख अग्नि सापकोटा प्रचण्ड–नेपाल पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिएका छन्। 

जसले गर्दा आजको संसद् बैठकमा मुठभेड हुने जोखिम देखिएको छ।

याे पनि : प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव कसरी दर्ता गरिन्छ? ‘फेल’ भयो भने के हुन्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .