राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ।
आगामी २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन सम्पन्न गर्न पार्टीका त्रय अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको राप्रपाले जनाएको छ।
आयोजक समितिको सदस्य सचिवमा सचिवालय प्रमुखद्वय, कोषाध्यक्षमा कोषाध्यक्षद्वय र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु सदस्य रहेको आयोजक समिति गठन गरिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
3
Shares
प्रतिक्रिया