ad ad

राजनीति


नेपाल पक्षले भन्यो: ओलीको अवैध निर्णय मान्दैनौँ

नेपाल पक्षले भन्यो: ओलीको अवैध निर्णय मान्दैनौँ

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १५:९,

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको निर्णय अवैध भएको निष्कर्ष निकालेको छ।

शुक्रबार बालुवाटारमा ओली पक्षले भेला गरी नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेको थियो।

बैठकले ओली पक्षको निर्णयलाई अवैध घोषित गरेको नेता रघुजी पन्तले बताए।

‘बालुवाटारमा बैठक भयो भनेर जे खबर बाहिर आएको छ, त्यो बैठक होइन गुटको भेला मात्रै हो। त्यो विधान र विधि अनुसार छैन। त्यो स्वीकार्य छैन’ पन्तले भने, ‘विधान विपरीत गुटले गरेको भेलालाई स्वीकार गरेर जान सकिँदैन।’

शुक्रबार प्रधानमन्त्री निवासमा नेपाल पक्षका सदस्यहरुलाई खबर नगरिकनै केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको थियो। जसले रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

त्यसैगरी पार्टीका इन्चार्ज परिवर्तनदेखि विभिन्न विभागका प्रमुख समेत परिवर्तन गर्ने र विधान संशोधन गरिएको छ।

‘एकलौटी रुपमा गरिएको निर्णयविरुद्ध हामीले केन्द्रीय सदस्य तथा सांसदहरुसँग थप छलफल गरेर कसरी अघि बढ्ने निर्णय गरिन्छ,’ पन्तले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .