ad ad

राजनीति


अहिलेको यक्ष प्रश्न ओलीलाई कसरी छिटो हटाउने भन्ने हो : डा. भट्टराई

अहिलेको यक्ष प्रश्न ओलीलाई कसरी छिटो हटाउने भन्ने हो : डा. भट्टराई

नेपालखबर
चैत ७, २०७७ शनिबार २:३८,

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको प्रमुख प्रश्न कोसँग सत्ता साझेदारी गर्ने भन्ने नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी छिटो हटाउने भन्ने रहेको बताएका छन्।

नयाँ सरकार गठनरबारे चर्चा चलिरहेका बेला डा. भट्टराईले आफूहरूको प्राथमिकता सत्ता स्वार्थमा भन्दा गणतन्त्र रक्षामा केन्द्रित रहेको धारणा राखेका हुन्।

सर्वप्रथम ‘गणतन्त्रविरोधी’ प्रधानमन्त्री ओलीलाई हटाउनेतिर सबैको ध्यान जानुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले सत्ताको लोभमा कुनै गल्ती नगर्न सम्बन्धित सबैलाई चेतावनीसमेत दिएका छन्।

उनी भन्छन्, ‘ऐलेको यक्ष प्रश्न कोसँग सत्ता समीकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हुँदै हैन। अपितु अधुरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो।’

शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका डा. भट्टराईले चेतावनी दिँदै अगाडि भनेका छन्, ‘अगाडि आएको बाघलाई पहिले लघारौं, पछाडिका स्यालहरूसँग लड्दै गरौंला। कुनै गल्ती नगरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .