लेखक तथा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारकै कारण मुलुकमा कोरोनाको दोस्रो लहर फैलिने खतरा देखिएको बताएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत संग्रौलाले ओली सरकारको भ्रष्ट प्रवृत्तिको कारण मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर फैलिने अवस्था आएको भन्दै आलोचना गरेका हुन्।
भारतमा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको सन्दर्भमा औँल्याउँदै संग्रौलाले त्यसको असर नेपालमा पर्ने तर्फ संकेत गरेका हुन्।
पछिल्लो २४ घण्टामा भारतमा ४० हजार जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ५४ जनाले ज्यान गुमाएका छन्।
‘दक्षिण भारतबाट कोरोनाको दोस्रो लहर नेपाल ताकेर उँभो लागेको लक्षण देखियो,’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘सबै नेपालीलाई छिटै निःशुल्क खोप उपलव्ध गराउँछु भन्दै डिङ हाँक्ने ओली सरकार भीख माग्न एउटा हात र कमिसन थाप्न अर्को हात पसारेर लिन्ठिङ्ग उभिएको छ। बतासे उपलव्धिको नशामा लठ्ठिएको सरकारले बिताउने भो!’
प्रतिक्रिया